संविधान जारी गर्ने महान कार्यमा जुटेका शिर्ष नेताहरुले तत्कालिन समयमा देखाएको एकता र सद्भावले अहिले देशले नयाँ फड्को मार्ने जमर्को गरिरहेको छ । जतीवेला देशलाई संकट पर्दछ त्यतीवेला सारा नेपालीहरु एक भएर देशको संकट समाधानमा लाग्नुपर्दछ यो कुरा तिनै शिर्ष नेताहरुले हिजोका दिनहरुमा जिल्ला –जिल्लामा भन्दै हिडेका हुन ।
जनताहरुले न त बिगत बिर्षेका छन, न त ? वर्तमाननै बिर्षेका छन् । देश संकटमा परेको कुरा देख्दा देख्दै र भोग्दा भोग्दै अँझै सरकारको लागि भएको तिकडमबाजले आम नेपालीहरुलाई ठेस पु¥याएको छ ।
भारतले गरेको नाकाबन्दीले आम नागरिकहरु दशैको मुखमा पनि कुनै नयाँ पन देख्न नसक्ने भएका छन् । हिजो संविधान जारी गर्नेबेलामा गरिएका विभिन्न सम्झौताहरुलाई अहिलेसरकार संचालनको मुख्य जिम्मेवारी पाएको नेपाली काँग्रेसले पनि गम्भिर भएर सोच्नुपर्ने देखिन्छ । फेरी बहुमत र अल्पमतको खेल खेल्दा केही नेताहरुलाई त अवश्यपनि फाईदा पुग्छ किनकी कसैले सत्ता संचालन गर्न पाउँछ कोही प्रतिपक्ष भएर बस्छ । आँखिर जस्तो परिस्थितीमा पनि जनताका मुहारहरु हँसिला हुन नपाउने गरि गरिएका यस्ता गतिविधिहरुले नेपाल र नेपालीहरुमाथि फेरी कुठाराघात भएको महसुस हुने देखिन्छ ।
मुलुकले आज ३८ औं प्रधानमन्त्री पाउँदैछ । सहमतीको आधारमा जसरी देशको संकट समाधानमा सहजता हुने थियो अल्पमत र बहुमतले पुनः नेपाली राजनीतिमा नयाँ दरारको अवस्था सृजना गर्ने देखिन्छ । अव आगामी दिनहरुमा चाहिने दुई तिहाई कसरी सम्भव होला ?








